बुद्धको जन्मभूमि शान्तिप्रिय देश नेपाल जेठ १९ गते राजदरबारभित्र भएको विभत्स रक्तपातले आज विश्व मानचित्रमा रातो रगतले रंगिएको छ। नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने एउटा शान्तिप्रिय राजाको रगतले आज सारा नेपाल रक्ताम्य भएको छ। अत्यन्तै लोकप्रिय तत्कालीन युवराजाधिराज (पछि महाराजाधिराज) श्री ५ दीपेन्द्रबाट यो हत्या भएको आरोप लागिराखेको भए पनि अधिकांश नेपाली जनताको हृदयले यसलाई स्वीकार्न सकेको छैन। गएको एक सातादेखि सारा नेपालीको मन र मस्तिष्कमा यही कुरा खेलिराखेको छ।
एउटा डाक्टरको रूपमा मेरो मन र मस्तिष्कमा पनि यही दुःखद् घटना दिनरात उठिराखेको छ। विशेष गरी यो घटनाका ‘मेडिकल’ पक्षहरूमा मेरो ध्यान केन्द्रित भएको छ।
कुनै पनि दुर्घटनामा प्राथमिकता र मुख्य लक्ष्य दुर्घटनामा परेकाहरूको नजिकैको र सबभन्दा सुविधा भएको अस्पतालमा लगेर उपचार गर्ने हुन्छ। जेठ १९ गतेको राजदरबारमा भएको दुर्घटनापछि सबैलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगियो। वीरेन्द्र सैनिक अस्पतालभन्दा नारायणहिटी राजदरबार नजिकैको शिक्षण अस्पताल र वीर अस्पताल बढी सुविधायुक्त भए पनि सबैलाई सैनिक अस्पतालमा लगियो। यस्तो दुर्घटना हुँदा एक-एक मिनेटको पनि महत्त्व हुन्छ। सम्बन्धित चिकित्सकहरूका अनुसार वीरेन्द्र सैनिक अस्पतालमा ‘अपरेसन थिएटर’ र उपकरणहरूको कमी थियो। धेरै सामानहरू शिक्षण अस्पतालबाट मगाउनुपरेको थियो। राजपरिवारका सदस्यहरूको ‘ट्रली’ मा राखेर अस्पतालको खुला लवीसम्म अपरेसन गर्नुपरेको थियो।
यसरी यस घटनामा बिरामीहरूको स्वास्थ्यभन्दा सुरक्षा र गोपनीयतालाई नै बढी महत्त्व दिएको देखियो। शिक्षण अस्पतालको अपरेसन थिएटर र डाक्टरहरूलाई तम्तयार राखेर पनि त्यहाँ बिरामीहरू लगिएनन्, किन ?
मेरो मनमा उठिराखेको दोस्रो कुरा वीरेन्द्र सैनिक अस्पतालमा श्री ५ दीपेन्द्रलाई पुर्याउँदा उहाँको स्वास्थ्यस्थिति कस्तो थियो ? यस घटनाका प्रत्यक्षदर्शी डा. राजीव शाहीले आफ्नो अन्तरवार्तामा भन्नुभएको छ- श्री ५ दीपेन्द्रको अवस्था ‘क्लिनिकल्ली डेड’ थियो। वीरेन्द्र सैनिक अस्पतालमा गएका दुई चिकित्सकहरूले पनि श्री ५ दीपेन्द्र त्यहाँ ल्याउँदा ‘पुपिल्स फिक्स्ड एन्ड डायलेटेड’ थियो भनेका छन्। जसको मतलब ‘ब्रेन डेथ’ थियो भन्ने हुन्छ। कृत्रिम श्वासप्रणालीमा राखेरमात्र मुटु चलिराखेको थियो भनिन्छ। यतिबेला मलाई तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई जीवनको अन्तिम क्षणमा शिक्षण अस्पताल ल्याउँदाको उहाँको स्थितिको सम्झना भइरहेको छ। उहाँको पनि ‘पुपिल्स फिक्स्ड एन्ड डायलेटेड’ थियो। कृत्रिम श्वासप्रणालीमा राखिएको थियो तर मुटु चलिराखेको थियो र ब्लडप्रेसर पनि थियो। उहाँको परिवारको इच्छाअनुसार मुटु चलेसम्म मैले उपचार चलाइराखें। त्यतिबेला मैले धेरै आलोचनाहरू सुन्नुपर्यो। मरिसकेको मनमोहनलाई डाक्टर अरूण सायमीले चुनावसम्म बचाउन कोसिस गर्यो भनेर मलाई आरोप लगाइयो। उपचार टोलीमा संलग्न डा. उपेन्द्र देवकोटालेसम्म मनमोहन ‘क्लिनिकल्ली डेड’ भनेर अन्तरवार्ता दिनुभयो। अहिले म सम्बन्धित चिकित्सकहरूसँग प्रश्न गर्न चाहन्छु- त्यतिबेला मनमोहन अधिकारीको र अहिलेको श्री ५ दीपेन्द्रको ‘न्युरोलोजिकल स्टाटस’ मा के फरक थियो - के श्री ५ दीपेन्द्रको ‘ब्रेन डेथ’ भएको छ कि छैन भनेर निश्चय गर्न ‘क्यालोरी टेस्ट र एपनिया टेस्ट’ गरिएको थियो ?
मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो ? चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा. पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ?
हेर्दाखेरि सामान्य कुरा भए पनि यस घटनाले इतिहासको कालखण्डमा हामीलाई धिक्कार्नेछ। अनन्त कालसम्म सारा नेपालीले एउटा प्रश्न गरिरहनेछन् श्री ५ दीपेन्द्रले राजपरिवारको हत्या गरेको भए किन हत्यारालाई नेपाल अधिराज्यको राजा बनाइयो ?
एउटा डाक्टरको नाताले मेरो मनमा खेलिराखेको चौथो कुरा ‘पोस्टमार्टम’ सम्बन्धी हो। सुन्नमा आएको छ, घटनामा परी देहावसान हुने कसैको पनि ‘पोस्टमार्टम’ गरिएन। शिक्षण अस्पतालमा ‘फोरेन्सिक एक्र्सपर्ट’ हरूलाई बोलाएर पनि त्यसै फर्काइयो। बेलायतमा राजकुमारी डायनाको कार दुर्घटनामा देहान्त हुँदा ‘पोस्टमार्टम’ गरियो। सञ्चारमाध्यमलाई सबै कुरा तुरुन्त बताइयो। तर, नेपालमा मात्र किन सबै कुरा गोप्य राख्न खोजियो। हत्यारा को हो भनेर सत्य र तथ्य जान्नका लागि श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट उच्चस्तरीय समिति गठन गरिबक्सेको छ। तर ‘पोस्टमार्टम’ नै नभएकाले सबै अनुसन्धान अधुरो हुनेछ। देशमा अनेक हल्लाहरू फैलिराखेका छन्- श्री ५ दीपेन्द्रको शरीरको पछाडि पनि गोली लागेको थियो रे - उहाँलाई अरू कसैले गोली हानेको छ रे - ‘पोस्टमार्टम’ भएको भए सबै नेपाली जनताले यसको सही र चित्तबुझ्दो जवाफ पाउने थिए होला।
सबै पार्थिव शरीरको शवपरीक्षा (’पोस्टमार्टम’) किन भएन ? ‘पोस्टमार्टम’ कसको आदेशबाट किन भएन, त्यसको उत्तर जनसमक्ष आउनुपर्दछ।
अन्त्यमा नेपाली जनताले श्री ५ वीरेन्द्र र श्री ५ ऐर्श्वर्यलाई जत्तिकै श्री ५ दीपेन्द्रलाई पनि माया र आदर गर्छन्। आफूले यति माया र आदर गरेको श्री ५ दीपेन्द्रले आफ्नै मातापिता, भाइबहिनीको हत्या गर्लान् भनेर पत्याउन नेपाली जनताको हृदयले कहिल्यै सक्ने देखिँदैन।
यद्यपि असम्भव भन्ने कुरा मूर्खको शब्दकोषमा मात्र हुन्छ भनिन्छ। सत्य र तथ्य जे भए पनि नेपाली जनतालाई श्री ५ दीपेन्द्रले नै यो हत्या गरेको हो भन्ने विश्वास गर्न कठिन हुनेछ। [सौजन्य : त्यतिबेलाको कान्तिपुर]
Tuesday, July 17, 2007
उहाँलाई पनि गोली हानियो
महेन्द्र मञ्जिलको खोपीमा पुगेर कोठाको लुगा मिलाउँदै थिएँ। त्यसैबेला अचानक पटाका पड्केको जस्तो आवाज आयो। त्यसबेला साँझको त्यस्तै नौ सवा नौ बजेको थियो होला।
पहिले त मैले वास्तै गरिनँ। अधिराजकुमार सरकारहरु कसैले पार्टीको खुसियालीमा पटका पड्काइबक्सेको होला भनेर सोचेँ। तर जब दुई-तीन पटका पड्क्यो, त्यसपछि भने शंका लाग्यो। नजिकैको झ्यालको पर्दा खोलेर त्रिभुवन सदनतिर हेरेँ, त्यहाँ त दौडादौड र रुवाबासी चलिरहेको थियो। दीपेन्द्र सरकार मेसिनगन बोकेर यताउति गरेको देखेँ।
त्यसबेला मैले अरु केही सोचिनँ, श्रीमानलाई सम्झेर आत्तिएँ। किनकि त्यसबेला श्रीमान् त्रिभुवन सदनको विलियार्ड बैठकमा महाराजधिराज सरकारहरुलाई रक्सी लगायत खानेकुराहरुको प्रबन्ध गर्दै होइसिन्थ्यो। उहाँलाई सम्झेर मेरो होसहवास नै रहेन। त्यहाँबाट भागे पनि हुन्थ्यो जस्तो लाग्यो। तर भर्याङ उत्रिएर जाने अवस्था थिएन, अनुमति थिएन। हातपाउ पूरै गलेर आयो। हे भगवान् भन्दै त्यही बसेँ र झ्यालको पर्दा चियाएर घटनास्थलतर्फ हेर्न थालेँ।
यस्तै बेलामा नीराजन सरकारबाहिर निस्केर बगैँचातिर दौडिबक्स्यो। तर केही हात पर पुग्न नपाई गोली लागेर ढलिबक्स्यो। पर्दाबाट चियाएर हेरेँ, गोली हान्ने दीपेन्द्र सरकार नै होइबक्सन्थ्यो।
अब भने म दोधारमा परेँ। के भइरहेको हो भनेर अनुमानै गर्न सकिनँ। किनकि त्यहाँ मैले दुई जना दीपेन्द्र सरकार देखेँ। एउटा त्रिभुवन सदनको बिलियार्ड बैठकको ढोका भित्र-बाहिर गर्ने, अर्को बगैँचामा नीराजन सरकारलाई गोली चलाउने।
त्यति नै बेला बडामहारानी सरकार बाहिर निस्किबक्स्यो। उहाँलाई पनि गोली हानियो, लगातार तीनचार पटक नै। गोली लागेर उहाँको शरीर तीनचार फुट माथि उडेको देखेँ। त्यो देखेपछि त मेरो मुटु नै काम्यो।
यता बगैँचामा ऐश्वर्य सरकारलाई गोली हानिएकै बेला बैठक कोठाभित्र पनि गोली चलिरहेको थियो। मलाई लाग्छ, भित्र अर्को मान्छेले श्रुति सरकार, शान्ति सरकार, गोरखहरुलाई गोली हानिरहेको थियो।
दुईतिरको लगातारको गोलीको आवाज र रुवाबासीपछि दीपेन्द्र सरकार त्रिभुवन सदन मै रहेको खोपीबाट दौडदै बगैँचातिर निस्की बक्स्यो। उहाँलाई देखेपछि पो झसङ्ग भएँ, कुन चाहिँ असली दीपेन्द्र सरकार हो भनेर छुट्याउन गार्हो भयो।
तर बिलियर्ड बैठक पुग्न नपाउँदै उहाँलाई बगैँचा मै गोली हानियो, दुइटा पोखरीको पुलको बीचमा। उहाँ ठाउँको ठाउँ ढलिबक्स्यो। त्यसपछि पो मैले थाहा पाएँ, अघि उहाँकै भेषको मुकुण्डो भिरेर गोली चलाउनेहरु षड्यन्त्रकारी हत्यारा हुन् भनेर
त्यो देखेपछि भने मलाई भनन भएर रिँगटा लाग्यो। म बेहोस भएर ढलेछु। त्यसपछि मलाई केही थाहा भएन। ब्युँझदा म आफ्नै क्वाटरको बेडमा मुमा, बहिनीहरुबाट घेरिएकी रहिछु।
ब्युँझेपछि मात्रै थाहा भयो, घटनामा मेरोसमेत सिन्दुर पुछिएको रहेछ। देउता जस्ता आफ्ना पति परमेश्वरलाई अनाहकमा गुमाएकी रहिछु।
दीपेन्द्र सरकारको अनुहारसँग मिल्ने मुकुण्डो लगाएका मानिसहरुले राजदरबार हत्याकाण्ड मच्चाएका हुन् भनेर मैले भन्दा तपाईँलाई पत्यार लागेन होला। यो कुरा मेरा आफ्नै आँखाले देखेको सत्य हो। यो कुरा डा राजीव शाही र एडीसी गजेन्द्र बोहोराले समेत हत्याकाण्ड छानबिन समितिसँगको आफ्नो बयानमा स्वीकारेका छन्। तपाईँले प्रतिवेदन हेर्नु भए पनि हुन्छ।
अब तपाईँ आफै अनुमान गर्नुस् दीपेन्द्र सरकार गोली लागेर ढलिसकेपछि पनि गोली चलाउनेहरु मुकुण्डोधारीहरु नभएर अर्को को थियो ?
स्मरणीय छ, श्री ५ दीपेन्द्रका अंगरक्षक गजेन्द्र बोहोराले छानबिन आयोगलाई दिएको बयानमा युवराजधिराज दीपेन्द्र सरकार ढलिसक्दा पनि गोली चलिराख्या थियो भनेका छन्। साथै उनले दीपेन्द्रको लाश छेउमा कुनै हतियार पनि नभएको पुष्टि गरेका छन्। यसबाट दीपेन्द्रले आत्महत्या गरेका होइनन् भन्ने शान्ता दिदीको भनाइ पुष्टि भएको छ।
प्रतिवेदनको पेज ५५ पल्टाउँदा छानबिन समिति र गजेन्द्र बोहराबीच भएको सवाल जवाफको अंश यस्तो छ-
समितिः युवराजाधिराज सरकारको शरीर कहाँनेर ढलिरहेको थियो ?
जवाफः दुईवटा पोखरीको बीचमा भएको पुलको साउद-इस्ट कर्नरमा थियो । बडी उत्तानो थियो ।
समितिः त्यहाँ हतियार पनि थियो कि ?
जवाफः कुनै हतियार थिएन ।
समितिः तपाईले आवाज सुनेर जाँदा युवराजाधिराज सरकारलाई बगैंचातिर देखेको कुरा भन्नुभयो, त्यसपछि गोली चलेको पछि सुन्नुभयो कि भएन ?
जवाफः गोली चल्दैथियो, म पछि फर्केर डोर-वेमा आइपुग्दासम्म पनि गोली चल्दै थियो ।
(कृष्ण अविरलद्वारा लिखित सत्यघटनामा आधारित उपन्यास रक्तकुण्डबाट। रक्तकुण्डका लेखकसित यसै विषयमा गरिएको कुराकानी भिडियो ब्लगको रुपमा आगामी प्रस्तुति। हेर्न नभुल्नु होला)

Wednesday, June 6, 2007
Sunday, April 8, 2007
First web portal of Dhaulagiri
The First web portal of Dhaulagiri is cyberbeni.com,benionline.com.npand new website for the tourism promote www,tatopani.com [this site will me update by webmaster of Hari karki soon].We 5 members will promote this site, actully i dont have any experience about how to write news but others friends have skill to runs site and i ma also learning some things from my friends to make u to know about dhaulagiri.
Thanks
please visit this site to know charming place.
Thanks
please visit this site to know charming place.
Subscribe to:
Posts (Atom)